बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित
नेपालखोज
२०७९ पुष २९ गते १४:५२
काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बनेका पाठक सभामुख पदमा निर्वाचित भएका हुन् । उनले ६२ मत प्राप्त गरेका प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिए ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका शिवराज अधिकारीले ३६ मत प्राप्त गरेको थियो भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैजुले तीन मत प्राप्त गरेका थिए । बैठकमा कूल एक सय १० जना सदस्यमध्ये एक सय नौ जना सदस्य उपस्थित रहेका थिए ।
सम्बन्धित
प्रतिक्रिया