माओवादी नेता पुनको स्वास्थ्यमा समस्या
नेपालखोज
२०७९ पुष ३० गते १५:३४
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएको छ ।
रोल्पाबाट कार्यक्रममा सहभागी हुन पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि शनिवार हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन् ।
उनी केही हप्ताअघि मात्रै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन् । उनी वंशाणुगत जण्डिसबाट पीडित छन् ।
सम्बन्धित
प्रतिक्रिया