प्रधानमन्त्री दाहालले भने- मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या छैन
नेपालखोज
२०७९ पुष ३० गते १७:०८
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नरहेकाे बताएका छन् ।
शनिबार सम्पादकहरूसँगको छलफलमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सरकारलाई पूर्णता दिने विषयमा कुरा भएको पनि बताएका छन् ।
साथै उनले सभामुखको निर्वाचनअघि माघ ३ गतेका लागि सर्वदलीय बैठक बोलाएको समेत बताएका छन् । सत्ता साझेदार दलहरूमा राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति नभएको बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया