सोमबार, असोज २८, २०८१

मानव अधिकार तथा शान्ति समाजको अध्यक्षमा बराल निर्वाचित

नेपालखोज २०७९ पुष ३० गते १९:४८

काठमाण्डौं । मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठकबाट समाजको केन्द्रीय कार्य समिति अध्यक्षमा रामकृष्ण बराल निर्वाचित भएका छन् ।

शुक्रबार र शनिबार नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न बैठकले बरालको अध्यक्षतामा २७ सदस्सीय केन्द्रीय कार्य समिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपसभापतिमा कृष्ण बहादुर रावल, महासचिवमा रेणुका पौडेल, कोषाध्यक्षमा किरण ढकाललाई चयन गरिएको छ । बैठकले प्रदेश कार्य समिति समेत चयन गरेको छ ।

शान्ति समाजको २६ औं राष्ट्रिय परिषद् बैंठक पर्साको विरगञ्जमा गर्ने निर्णय सहित बैठक समापन गरिएको हो ।

शुक्रबार शुरु बैठक शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको विशेष उपस्थितिमा दलित पाँचकन्याबाट उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया