योग शिक्षा पाठ्यक्रममा समाबेश गर्न भूमिका खेल्छु : प्रचण्ड
नेपालखोज
२०७९ माघ १ गते ९:२५
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग शिक्षालाई पाठ्यक्रममा समाबेश गर्न भूमिका खेल्ने बताएका छन् । उनले विद्यालय देखि विश्वविद्यालयसम्म योग शिक्षा दिने वातावरण बनाउन पाए योग प्रशिक्षक उत्पादन गर्न सकिने र योगकै माध्यमबाट नेपालमा विश्वसामू चिनाउने बाटोमा अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताए ।
राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले योगलाई शिक्षाको संस्थागत विकासमा व्यवस्थापन गर्ने आश्वासन दिए । उनले भने, ‘हाम्रो जीवनशैली अर्गानिकता भन्दा बाहिर जाँदा अनेकन रोगले आक्रमण गर्दै आएको नेपाली परिवेशमा योग र साधनाको व्यापकताले नियन्त्रण गर्न सक्छ भन्ने मेरो बुझाई छ ।’
उनले यो कार्यकालमा जनता र राष्ट्रका पक्षमा राम्रो काम गर्ने प्रतिबद्धता दोहो¥याए ।
सम्बन्धित
प्रतिक्रिया