प्रधानमन्त्री र गृहमन्त्री उद्धारको निरीक्षण गर्न त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा
नेपालखोज
२०७९ माघ १ गते १२:५१
काठमाडाैं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रूममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन् । उनीहरूले दुर्घटनामा उद्धार गर्न निर्देशन पनि दिइसकेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री प्रचण्डले आजका सबै औपचारिक कार्यक्रम रद्द गरि अहिले अवस्था बुझ्न त्रिभुवन विमानस्थल पुगेको जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया