शुक्रबार, असोज २५, २०८१

प्रधानमन्त्री प्रचण्ड पोखरा जाने कार्यक्रम रद्द

नेपालखोज २०७९ माघ १ गते १५:२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम रद्द भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार आफूहरु जाँदा भीडका कारण उद्धार कार्यमा बाधा पुग्न सक्ने भन्दै प्रम प्रचण्ड नजाने भएका हुन् ।

‘प्रधानमन्त्री, मन्त्रीहरु गइसकेपछि भीडभाड होला, उद्धार र सहजीकरणमा थप समस्या पर्न सक्ने देखिने भएपछि नजाने निर्णय गरेका छौं,’ उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले भने ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो ।

प्रतिक्रिया