मंगलबार, वैशाख २५, २०८१

आज दुर्घटनाग्रस्त विमानको नालिबेली

नेपालखोज २०७९ माघ १ गते १७:४१

सुनिल उलक । नेपाली आकाशमा 9N-ANC कोड अंकित ATR विमानमा Pratt & Whitney Canada PW127F मोडलका दुई ईञ्जिन रहेको सन २००७ को अगष्ट १ मा निर्मित विमान हो । lsf Investec कम्पनीले खरिद गरेको सो विमान भारतीय विवादित विमान कम्पनी किङफिसरलाई लिजमा उपलव्ध गराए पछि VT-KAJ कोडका साथ २००७ को अगष्ट १७ बाट भारतीय आकाशमा उड्न थालेको थियो ।

कन्स्ट्रक्सन नम्वर ७५४ रहेको सो विमान २०१२ को अन्तमा किङफिसरले फिर्ता गरेको थियो । त्यसपछि अप्रिल २०१३ मा मर्मत गरि थाइल्यान्डको नोक एयरलाई पून लिजमा उपलव्ध गराएको थियो । सन २०१९, २६ अप्रिलबाट भने नेपाली विमान कम्पनी यति एयरलाइन्सले लिजमा लिएर 9N-ANC कोडमा उडाउन थालेको थियो । सो विमानले आजै विहान देखि तीन उडान गरेको थियो ।

बिहान ७ बजे काठमाडौंबाट पोखरा र ७:४५ मा पोखराबाट काठमाडौं फर्केर पून १०:३२ मा काठमाडौंबाट पोखराका लागि उडेको थियो । यसरी साढे तीन घण्टामा तीन उडान गर्दा बिचमा विमानको परिक्षण गर्यो कि गरेन सोचनीय छ। अविश्वसनीय यो दुर्घटनामा परेको विमान पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलका लागि पनि महत्त्वपूर्ण विमान थियो । यहीँ विमानले पौष ७ गते नयाँ नवनिर्मित विमानस्थलमा डेमो उडान गरेको थियो भने पौष १७ गते उदघाटन समारोहका दिन उडान गर्ने पहिलो जहाज पनि यहि थियो ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अवतरणको अनुमति पाइसकेको उक्त विमान के कति कारणले पुरानो पोखरा विमानस्थल नजिकै दुर्घटना भयो भन्ने यकिन जानकारी प्राप्त भएको छैन । धेरैका धेरै तर्क वितर्क आएका छन् । बस्तीमा विमान नखसेर सेती खोँचमा खसेका कारण पाइलटले विमान भित्र कुनै टेक्निकल खराबीका कारण दुर्घटना हुन सक्ने आँकलनले अन्य मानवीय क्षति हुनबाट जोगाएको आभास हुन्छ ।

दुर्घटनाग्रस्त सो विमानमा ५ भारतीय, ४ रसियन, २ कोरियन, १ आइरिस, १ अर्जेन्टिनी, १ फ्रान्सेली, १ अस्ट्रेलियाली तथा ५३ नेपाली थिए । जसमा अन्य दुइ बालकहरु र तीन शिशु पनि रहेको जानकारी दिइएको छ भने ४ विमान कर्मचारीमा दुई एयर होस्टेस तथा दुई पाइलट थिए ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले दुर्घटनाग्रस्त विमानबाट कुनै पनि यात्रु जीवित उद्दार नगरिएको जानकारी थिए । पोखराको विमानस्थलमा यति ठूलो मानवीय क्षति भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया