बुधबार, वैशाख १२, २०८१

सुदूरपश्चिम प्रदेश : भण्डारी र रावलमा को होलान् सभामुख ?

नेपालखोज २०७९ माघ ३ गते ९:०६

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख पदको लागि निर्वाचन हुँदै छ । माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखको लागि उम्मेद्वार छन् ।

यस अघि दुई पटकसम्म भएको निर्वाचनमा कसैले पनि बहुमत पुराउन नसकेपछि आज तेस्रो पटक उनीहरूबीच मतदान हुँदै छ ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बन्न २७ मत आवश्यक पर्छ । यहाँ सत्ता गठबन्धनमा रहेको माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिल्दा २९ मत हुन्छ ।

प्रतिक्रिया