आइतबार, जेठ ६, २०८१

सन् २०२२ मा म्यान्मा आगलागीबाट ९६ जनाको मृत्यु, १३९ घाइते

नेपालखोज २०७९ माघ ३ गते २१:२६

याङ्गुन । म्यान्मा सन् २०२२ मा भएका आगलागीका विभिन्न घटनामा परी ९६ जनाको मृत्यु हुनाका साथै १३९ जना घाइते भएका छन् ।

देशको अग्नि सेवा विभागले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०२२ मा देशभर एक हजार ५०७ आगलागीका घटनाहरू घटेका थिए । अग्नि सेवा विभागका अधिकारीले सो विवरण सिन्ह्वालाई बताएका छन् ।

सबैभन्दा धेरै आगलागी दुर्घटनाहरू याङ्गुन क्षेत्रमा भएका छन् । त्यसपछि क्रमशः मन्डले, सागिङ र बागो क्षेत्रहरू आगलागीका घटनाहरू उल्लेख गरिएका छन् । याङ्गुन क्षेत्रमा सन् २०२२ मा सात जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

आगलागीका कारणहरूमा लापरवाही, त्रुटिपूर्ण विद्युतीय तार जडान, आगजनी, डढेलो र चट्याङ लगायतका प्राकृतिक विपत्ति रहेका छन् ।

प्रतिक्रिया