सोमबार, वैशाख ३१, २०८१

एक पाउन्डको खरिददर १५९ रुपैयाँ ४० पैसा, बिक्रीदर कति ?

नेपालखोज २०७९ माघ ४ गते ८:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ५२ पैसा र बिक्रीदर १३१ रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५९ रुपैयाँ ४० पैसा र बिक्रीदर १६० रुपैयाँ १३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर १० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ १८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको ७५ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया