आइतबार, जेठ ६, २०८१

नौ अंकले नेप्से घट्दा चार अर्ब ९२ करोडको सेयर किनबेच

नेपालखोज २०७९ माघ ४ गते १५:३७

काठमाडौं । नेप्सेको उच्च बृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन झण्डै ३३ अंकले बढेको नेप्से आज (बुधबार) भने नौं दशमलव शून्य एक अंकले घटेर २१ सय ७२ दशमलव १० अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले घटेर चार सय १३ दशमलव ९० अंकमा झरेको छ ।

दुई सय ४८ वटा कम्पनीहरुको ६९ हजार ६ सय ३७ पटकको कारोबारमा एक करोड ३३ लाख चार हजार एक सय ४० कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ९२ करोड ८७ लाख १४ हजार ६ सय दुई रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा तीन वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । यो मध्ये विकास बैंक समूहको सूचक १८ दशमलव १७ अंकले बढेर तीन हजार नौ सय ३४ दशमलव तीन अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि २२ दशमलव २३ अंकले बढेर दुई हजार छ सय ७८ दशमलव ६ अंकमा चढेको छ ।

यसैगरी सामुहिक लगानी कोष समूहको सूचक पनि बढेको छ । वाणिज्य बैंक समूहको सूचक भने १० दशमलव चार अंकले घटेर एक हजार तीन सय ९२ दशमलव ३३ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय १५ दशमलव ३४ अंकले घटेर १० हजार सात सय २९ दशमलव ४२ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ९७ दशमलव ९२ अंकले घटेर नौ हजार एक सय ९२ दशमलव १८ अंकमा झरेको छ । फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज पिपुल्स हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय २६ रुपैयाँ २७ पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ८९ प्रतिशतले घटेर चार हजार चार सय ९५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज रिडी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता पाँच सय ९४ रुपैयाँ अन्तिम मूल्यमा ३५ करोड ७८ लाख ५४ हजार पाँच सय ३९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबै
भन्दा बढी हो ।

प्रतिक्रिया