आइतबार, वैशाख ३०, २०८१

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपालखोज २०७९ माघ ५ गते ११:०३

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भउ स्थिर रहेको छ । भने चाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार पनि छापावाल सुन प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ २० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया