शुक्रबार, असार १, २०८१

प्राईम कर्मसियल बैंकका अध्यक्ष श्रेष्ठद्धारा सपथ ग्रहण

नेपालखोज २०७९ माघ ५ गते १६:०२

काठमाडौं । प्राईम कर्मसियल बैंक सञ्चालक समितीका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले सपथ ग्रहण गरेका छन् । प्राईम बैंक सञ्चालक समितीको यही पुस २९ गते बसेको सञ्चालक समितीको चार सय ५९ औं बैठकबाट सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन भएका श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १२७ (२) बमोजिम बिहिबार एक समारोहकाबिच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकमा आयोजित उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, प्राइम कमर्सियल बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया