शुक्रबार, जेठ ४, २०८१

साउदी अरबको रियादमा रोनाल्डो र मेस्सीको फुटबल खेल कस्तो रह्यो ?

नेपालखोज २०७९ माघ ६ गते ९:२८

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियामा आफ्नो पहिलो खेलमा दुई गोल गरेका थिए भने यो खेलमा लियोनल मेस्सीले पनि एक गोल गरेका थिए । बिहीबार रियादमा भएको रोमाञ्चक खेलमा फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रियाद अल स्टार इलेभेनलाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।

साउदी अरेबियाको राजधानीमा खेलिएको एक प्रदर्शनी खेल थियो, जसमा आजको मितिका दुई महान फुटबल खेलाडीहरूले भाग लिएका थिए। रियादको किंग फहद स्टेडियममा खेलिएको यो एक्सन प्याक खेलको पहिलो हाफमा मेस्सीले पहिलो गोल गरे भने हाफ टाइममा रोनाल्डोले दुई-दुई गोल गरेका थिए । -बीबीसी हिन्दी

प्रतिक्रिया