शनिबार, वैशाख २९, २०८१

सुनचादीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ माघ ६ गते ११:०२

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ७ सय रुपैयाले बढेर १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार पनि छापावाल सुन प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ७ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ २० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया