बुधबार, वैशाख १९, २०८१

कोइला बालेर सुत्दा कोटेश्वरमा चार जना अचेत फेला

नेपालखोज २०७९ माघ ७ गते १३:०३

काठमाडाैं । कोइला बालेर सुत्दा कोटेश्वरमा चार जना अचेत अवस्थामा फेला परेका छन् ।

शुक्रबार राति ८ बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सहयोगीनगरस्थित कुमार खत्रीको ५ तले घरमा चार जना निस्सासिएर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।  

९० वर्षीय छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीय प्रमिला खत्री र ३५ दिनका छोरा श्रीयाल खड्का अचेत अवस्थामा फेला परेका हुन् । 

उनीहरूलाई तत्कालै उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा पुर्‍याएको थियो । उनीहरूको आइसियूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया