बुधबार, वैशाख १९, २०८१

‘मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन राजनीतिक दलबीच सहमति र सहकार्य आवश्यक’

नेपालखोज २०७९ माघ ७ गते १५:२१

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन राजनीतिक दलहरूबीच सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा उनले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन राजनीतिक दलहरूबीच सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको बताएका हुन् ।

उनले भनेका छन् ‘देशको अर्थतन्त्र दिन दिनै चुनौतीपूर्ण बनिरहेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा आमूल परिवर्तन भएको छ । यस्तोमा हामीले भागबण्डाको कुरामात्रै गरेर हुदैन । राष्ट्रिय महत्वका विषयहरूमा राष्ट्रिय सहमति खोजौँ । संसद्लाई सशक्त र जीवन्त बनाउनका लागि नयाँ शिराबाट अघि बढौँ, ।’

प्रतिक्रिया