बुधबार, वैशाख १९, २०८१

शान्ति सेनाद्वारा लेबनानी-इजरायली सीमामा संवेदनशील गतिविधि नगर्न चेतावनी

नेपालखोज २०७९ माघ ७ गते १५:२८

लेबनान । लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बल ले लेबनान-इजरायली सीमाना नजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ एजेन्सीका प्रवक्ता एन्ड्रिया टेनेन्तीले युनिफिल शान्ति सैनिकहरू ब्लु लाइनको उल्लङ्घन भएमा कडा निगरानी गर्न र तनाव कम गर्न मैदानमा तम्तयार रहेको बताएको छ ।

‘हामी दुबै पक्षहरूसँग निरन्तर सम्पर्कमा छौं र ब्लु लाइन नजिकका कुनै पनि गतिविधिहरूको संवेदनशीलतालाई जोड दिन्छौं,’ उनले उल्लेख गरेका छन् । प्रवक्ता टेनेन्तीको यस्तो टिप्पणी लेबनानको दक्षिणी सिमानामा तनाव बढेको दुई दिनपछि आएको हो । रासस

प्रतिक्रिया