बुधबार, वैशाख १९, २०८१

हिमपहिरोमा परि तिब्बतमा २८ जनाको मृत्यु

नेपालखोज २०७९ माघ ७ गते १५:३३

चीन । चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५-३० सम्पन्न भएको थियो । उक्त हिमपहिरो मङ्गलबार साँझ ७-५० मा गएको थियो ।

हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए । यस क्षेत्रका सडक कच्ची रहेको तथा भू-धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो । रासस

प्रतिक्रिया