शुक्रबार, जेठ ४, २०८१

संसारका सबैभन्दा पुराना देश

नेपालखोज २०७९ माघ ७ गते १६:४१

काठमाडौं । विश्व जनसंख्या समीक्षा (WPR) को पछिल्लो सूची अनुसार इरान संसारको सबैभन्दा पुरानो देश हो।

पुराना देसको यो सूचीमा कुन-कुन देश छन् हेरौं :

इरानको पुरानो नाम पर्सिया हो । यहाँको मानव बसोबास एक लाख वर्ष पुरानो हुन सक्छ भन्ने अनुमान छ । यहाँ करिब ५ हजार ईसापूर्वदेखि खेती सुरु भएको हो । ईरानी मानिसहरू २००० ईसा पूर्व उत्तर र पूर्वबाट आएका थिए। त्यसपछि उनिहरुले यहाँ मिश्रित संस्कृतिको आधारशिला राखे , जसले इरानलाई आफ्नो पहिचान दिएको थियो । आधुनिक इरान यहि संस्कृतिमा विकसित भएको छ।

पुरातन इजिप्ट नाइल नदीको किनारमा रहेको पुरातन सभ्यता थियो जसलाई अहिले आधुनिक देश इजिप्ट भनिन्छ । यो सभ्यता ३१५० ईसा पूर्व पुरानो हो ।भियतनामको इतिहास २७०० वर्ष भन्दा पुरानो छ ।

आर्मेनिया पश्चिम एशिया र युरोपको काकेशस क्षेत्रमा अवस्थित पहाडी देश हो जुन चारैतिर जमिनबाट घेरिएको छ । यसलाई २५ डिसेम्बर १९९१ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको हो । यसको राजधानी येरेवान हो।

उत्तर कोरिया पूर्वी एसियाको कोरियाली प्रायद्वीपको उत्तरमा अवस्थित एउटा देश हो। यसको राजधानी प्योङयाङ हो। अमुनोक नदी र टुमेन नदीले उत्तर कोरिया र चीनको सीमा निर्धारण गर्दछ।

चिनियाँ सभ्यता संसारको सबैभन्दा पुरानो सभ्यता मध्ये एक हो । यहाँको मानव बस्ती करिब २२.५ मिलियन वर्ष पुरानो हो ।

भारतको इतिहास लगभग ६५ हजार वर्ष पहिले होमो सेपियन्सबाट सुरु भएको थियो। होमो सेपियन्सहरु अफ्रिका, बलुचिस्तान हुँदै सिन्धु उपत्यका पुगे र यहाँ बसोबास गरे। यहींबाट सिन्धु घाँटी सभ्यताको विकास भएको थियो।

जर्जिया पूर्वी युरोपमा अवस्थित एउटा देश हो। यसको सिमाना उत्तरमा रूस, पूर्वमा अजरबैजान र दक्षिणमा आर्मेनिया र टर्कीसँग जोडिएको छ । दोस्रो विश्वयुद्ध पछि १९४८ मा इजरायल नामक यहूदी राष्ट्र स्थापना भयो । सुडानको इतिहास ईसापूर्व हजारौं वर्ष अघिको हो । यहाँको सभ्यता लगभग नाइल नदी जत्तिकै पुरानो छ ।

अफगानिस्तान सातौं शताब्दीसम्म हिन्दू राष्ट्र थियो भन्ने विश्वास गरिन्छ। पछि यो बौद्ध राष्ट्र भयो र अहिले यो इस्लामिक राष्ट्र हो । १७ औं शताब्दीसम्म अफगानिस्तान नामको कुनै राष्ट्र थिएन। ७०० वर्ष ईसापूर्वसम्म यसको उत्तरी क्षेत्रमा गान्धर महाजनपद थियो जसको विवरण महाभारत र अन्य हिन्दु ग्रन्थहरूमा पाइन्छ।
स्रोत : एएफपी

प्रतिक्रिया