शुक्रबार, वैशाख २८, २०८१

होन्डाले ग्लोबल स्तरमा ल्यायो नयाँ सीबीआर ५०० आर बाइक, नेपालमा कहिले आउला ?

नेपालखोज २०७९ माघ ७ गते १६:४७

काठमाडाैं । होन्डाले आफ्नो नयाँ सीबीआर ५०० आर बाइक विश्वस्तरमा लन्च गरेको छ । कम्पनीले छिट्टै यो बाइक नेपालमा पनि लन्च गर्न सक्छ । यो बाइक ग्राण्ड प्रिक्स रेड कलरका अतिरिक्त स्वर्ड सिल्भर मेटालिकमा पनि उपलब्ध छ , जुन खैरो र कालो रंगमा चम्किलो पहेंलो हाइलाइटसहितको छ ।

इन्जिन : होन्डा सीबीआर ५०० आर बाइकमा ४७१ शिशि समानान्तर-ट्विन सिलिन्डर इन्जिन दिइएको छ, जसले ४७.५ बिएचपि पावर तथा ४३ एनएम पीक टर्क उत्पादन गर्छ । यसमा फुल एलईडी हेडल्याम्प, एबीएस, स्लिपर र असिस्ट क्लच तथा एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर पनि छ ।


होन्डा सीबीआर ५०० आर चाँडै नै अन्तर्राष्ट्रिय बजारमा ग्राहकहरुका लागि उपलब्ध हुने छ । यसैगरी कम्पनीले एच-स्मार्ट अर्थात् हाइब्रिड प्रविधिसहितको आफ्नो नयाँ दुई पाङ्ग्रे सवारीसाधनको उत्पादन पनि सुरु गरेको खुलासा गरेको छ । रिपोर्ट अनुसार यो नयाँ एक्टिभा स्कुटर हुनसक्छ, जुन हाइब्रिड इन्जिनका साथ आउने छ । यदि एक्टिभा हाइब्रिड इन्जिनमा ल्याइने हो भने यसको माइलेज हालको मोडलको भन्दा बढी हुनेछ ।

प्रतिक्रिया