आइतबार, जेठ ६, २०८१

सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

नेपालखोज २०७९ माघ ९ गते ६:२९

काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजीको १० प्रतिशत अथार्त २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न छुट्याएको थियो । सोमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि र १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको बाँडफाँड गरिएको छ ।

त्यसका साथै ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ४३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो आईपीओमा लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया