शनिबार, वैशाख १५, २०८१

विद्यार्थी कुटेको आरोपमा प्रध्यानाध्यापक पक्राउ

नेपालखोज २०७९ माघ ९ गते २१:४०

तनहूँ । विद्यार्थी कुटेको आरोपमा तनहूँका एक प्रध्यानाध्यापक पक्राउ परेका छन् । आइतबार होस्टलमा बसेका आधा दर्जन विद्यार्थीलाई कुटेको आरोपमा घिरिङ गाउँपालिका ३ स्थित चन्द्रज्योति माविका प्रध्यानाध्यापक प्रेम बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

एसइइ परीक्षाको तयारीका क्रममा सिकाइमा सुधार नभएको भन्दै आइतबार प्रध्यानाध्यापकले कुटेको पीडित विद्यार्थीहरुले बताएका छन् । कुटाइले होस्टलमा बस्न नसकेका विद्यार्थी घर फर्केपछि घटनाबारे अभिभावकले थाहा पाएका थिए । सोही घटनालाई लिएर अभिभावकले प्रहरीमा उजुरी गरेपछि प्रध्यानाध्यापकलाई नियन्त्रणमा लिएको तनहूँ प्रहरीले जनाएको छ ।

प्रअ थापालाई पक्राउ र कारबाहीको माग गर्दै विद्यार्थी र अभिभावक आन्दोलित भएपछि सोमबार पढाइ प्रभावित बनेको छ । प्रअको कुटाइबाट घाइते भएका एक छात्रलाई जेपी कोईराला मेमोरियल अस्पतालमा उपचार गराइएको छ भने अन्य ५ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि घर फर्काइएको छ ।

पक्राउ परेका प्रअ थापालाई बेलचौतारा लगिएको छ ।

प्रतिक्रिया