शुक्रबार, वैशाख १४, २०८१

नेप्सेमा करेक्सन, आठ अंकले नेप्से बढ्दा तीन अर्बको सेयर किनबेच

नेपालखोज २०७९ माघ १० गते १५:२७

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन १३ दशमलव ७१ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने आठ दशमलव १४ अंकले बढेर २१ सय ७३ दशमलव २४ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५३ अंकले बढेर चार सय १५ दशमलव ५४ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ४८ वटा कम्पनीहरुको ५२ हजार चार सय ६० पटकको कारोबारमा ८३ लाख एक सय ८७ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ३२ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा चार वटा समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव १५ अंकले घटेर १४ सय १४ दशमलव ६६ अंकमा झरेकोमा उत्पादनमुलक, लगानी र सामुहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने चार दशमलव ६० अंकले बढेर तीन हजार आठ सय ४३ दशमलव नौ अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक २८ दशमलव १३ अंकले बढेर २६ सय ६८ दशमलव ७५ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि एक दशमलव ५७ अंकले बढेर १० हजार ६ सय २७ दशमलव ४८ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ६० दशमलव १६ अंकले बढेर नौ हजार एक सय ५५ दशमलव ४३ अंकमा चढेको छ । यि बाहेक फाइनान्स, होटेल तथा पर्यटन, लघुवित्त, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा मंगलबार सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ४४ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मैलुङ खोला जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ४८ प्रतिशतले घटेर पाँच सय नौ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी मंगलबार नेपाल टेलिकमको प्रतिकित्ता आठ सय ८९ रुपैयाँ अन्तिम मुल्यमा १२ करोड ९१ लाख सात हजार तीन सय ९६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया