आफैँलाई आगो लगाएका आचार्यको निधन
नेपालखोज
२०७९ माघ ११ गते ८:२१

काठमाण्डौं । मंगलबार दिउँसो नयाँ बानेश्वरमा आत्मदाहको कोशिस गरेका इलामका प्रेम आचार्यको निधन भएको छ ।
गम्भीर अवस्थाका आचार्यको कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा आज निधन भएको छ ।
घटनापछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आचार्यलाई भेटेकी थिइन् । आफूले किन आत्मदाह गर्नुपर्यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा पोस्ट गरेर उनले शरीरमा आगो लगाएका थिए ।
आत्मदाहको उनको प्रयासको कारणलाई आफ्नो असफलताको कथाका रुपमा चित्रण गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया