शुक्रबार, वैशाख १४, २०८१

आचार्यका छोरीहरुको पठनपाठन र श्रीमतीको रोजगारीको जिम्मा लिने कांग्रेस नेता बस्नेतको घोषणा

नेपालखोज २०७९ माघ १२ गते २२:५९

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले संसद भवन अघि आत्मदाह गरेका इलामका प्रेम कुमार आचार्यका परिवारको शिक्षा र रोजगारी व्यवस्थाको जिम्मा लिने भएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं– २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बस्नेतले दुई छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने घोषणा गरेका छन् ।

उनले भनेका छन्, ‘जहाँ पीडा हुन्छ, जहाँ दुःख पर्छ, जहाँ आपत्ती र विपत्ति पर्छ । त्यहाँ हरेक समस्याहरुलाई सम्बोधन गर्ने मेरो आफ्नो पहिचान संगै बाल्यकाल देखिका समाजसेवाका क्रियाकलाप, कोरोना, बाढी, पहिरो,भुकम्प, आगजनी, हुरीबतास जस्ता विपत्तिमा गरिएका कार्यहरु लगायत ३२ वर्षको निशुल्क कोचिङ कक्षा संचालनको ईतिहासलाई साक्षी राख्दै आचार्यजीको दुःखद् निधनप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदनाको साथमा दुःखको घडीमा सहयोगका खातिर छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने घोषणा गर्दछु ।’

उनले काठमाण्डौं आउनासाथ आचार्यका परिवारसँग भेट गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया