आइतबार, जेठ ६, २०८१

लोकदोहोरी गायक भिम पौडेलको निधन

नेपालखोज २०७९ माघ १३ गते ८:५५

काठमाडाैं । लोक तथा दोहोरी गायक भिम पौडेलको निधन भएको छ । ब्लड क्यान्सर र डिप्रेसनको समस्या झेल्दै आएका गायक पौडेलको गएराति निधन भएको पोखराबाट गायक राजन कार्कीले जानकारी दिए ।

लाइभ दोहोरीमा प्रखर मानिएका पौडेलको स्यांङजा स्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्तिम संस्कार कास्कीस्थित रामघाटमा गर्ने तयारी गरिएको छ ।

उनको शवलाई पोखरा ल्याउने र श्रद्धान्जली कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ ।

पौडेलसँग लामो समयमा एउटै घरमा भाडामा बसेका गायक तथा संगीतकार सागर विरहीका अनुसार पौडेल कम बोल्ने स्वभावका थिए । उनले भने, ‘पौडेल निकै संभावना बोकेका कलाकार थिए । तर उनी पछिल्लो समय डिप्रेसनमा थिए ।’

प्रतिक्रिया