शुक्रबार, वैशाख १४, २०८१

सोलारबाट चल्ने विद्युतीय कार

नेपालखोज २०७९ माघ १३ गते ११:२०

काठमाडाैं । अमेरिकी स्टार्टअप कम्पनी अप्टेराले दुई सिट क्षमताको सोलार ईभी सार्वजनिक गरेको छ । यो सोलार विद्युतीय कार यहि २०२३ को अन्त्यसम्ममा बजारमा उपलब्ध हुने बताइएकोछ । यो तीन पांग्रे विद्युतीय कार सानो र आकर्षक छ । यो कार पूर्णतः सोलारबाट चल्ने छ ।


यो कार एक पटकको फुल चार्जमा ६ सय ४३ किलोमिटरसम्म कुद्ने दाबी निर्माता कम्पनीको छ। यो कार सोलार उर्जाबाट ६४ किलोमिटरभन्दा बढी कुदनसक्छ । यसको ब्याट्री चार्ज कारको छत आदिमा राखिएको सोलार प्यानलबाट हुन्छ ।

भिन्न डिजाइन कन्सेप्टमा बनेका यो विद्युतीय कार अधिकतम् गति १ सय ६५.५ किलोमिटर प्रतिघण्टा छ । यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ४ सेकेन्डमै तय गर्न सक्छ। तीन वटा विद्युतीय मोटर जडान गरिएको यो कार अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध छ । ६.६ किलोवाट चार्जको सहायताले यो ५७ मिनेट चार्ज गर्दा यो ईभीले ९० किलोटरसम्म रेन्ज दिनेछ । यो कार टेस्ला चार्जिङ पोर्टस सपोर्ट गर्नेगरि आउने बताइएको छ।

यो विद्युतीय कार ७ सय वाट सोलार जेनेरेसन टेक्नोलोजीसहित आउनेछ । यसको डिजाइन जुन सुकै साइडबाट घाम परेपनि सोलार प्यानल चार्ज हुने गरि तयार गरिएको छ। अप्टेरा मोटर्सले यो कारमा ९ सय २० लिटरको बुट स्पेस भएको दाबी गरेको छ। यो कार उपभोक्तालाई हस्तान्तरण गर्ने गरि बजारमा ल्याउने कुरा कम्पनीले प्राप्त गर्ने लगानीमा समेत निर्भर हुने कम्पनीका सह संस्थापक तथा सह सीईओ क्रिस एन्थोनीले बताएका छन्।

प्रतिक्रिया