शनिबार, वैशाख १५, २०८१

टेक्नो ब्राण्डको एउटा सस्तो स्मार्टफोन

नेपालखोज २०७९ माघ १३ गते ११:४४

काठमाडाैं । टेक ब्राण्ड टेक्नोले एउटा अर्को सस्तो स्मार्टफोन बजारमा उतारेको छ । यो फोनको नाम टेक्नो स्पार्क गो २०२३ हो । १३ एमपी क्यामेरा, ३ जीबी र्याम, मिडियाटेक हेलियो ए२२ प्रोसेसर तथा ५ हजार एमएएच ब्याट्रीजस्ता विशेषताले सुसज्जित यो मोबाइलको अन्तर्राष्ट्रिय बजार मुल्य ११ हजार जति मात्र छ ।

यो स्मार्टफोन हाल सिंगल मेमोरी भेरियन्टमा लन्च गरिएको छ । यसमा ३२ जीबी इन्टरनल स्टोरेज तथा ३ जीबी र्याम मेमोरी छ । टेक्नो स्पार्क गो २०२३ कालो, निलो तथा पर्पल कलरमा किन्न सकिन्छ।

स्पेसीफिकेसन
• ६.५६ इन्च एचडि + डिस्प्ले
• ३ जिबि + ३ जिबि = ६ जिबि र्याम मिडिया टेक हेलियो ए २२
• १३ एमपी डुअल रियर क्यामेरा
• १० वाट, ५००० एमएएच ब्याट्री

टेक्नो स्पार्क गो २०२३ को सुविधा तथा विशिष्टताहरूका बारेमा कुरा गर्दा यो मोबाइल फोन १६१२ x ७२० पिक्सेल रिजोल्युसनका साथ ६.५६ इन्च एचडि + डिस्प्लेमा उपलब्ध हुनेछ । फोनको स्क्रिन एक आइपिएस प्यानलमा निर्मित छ जसले ४८० निट्स ब्राइटनेस र १२० हर्ज टच सेम्पलिङ रेट सपोर्ट गर्दछ । यो फोनको एस्पेक्ट रेसियो २०:९ छ भने डाइमेन्सन १६३.८६×७५.५१×८.९ एमएम छ । टेक्नो स्पार्क गो २०२३ Android १२ मा लन्च गरिएको छ जसले हाईओएस १२.० सँग मिलेर काम गर्दछ । प्रोसेसिङका लागि यो स्मार्टफोनमा २.० गीगाहर्ज क्लक स्पिडमा काम गर्ने मिडिया टेक हेलियो ए २२ प्रोसेसर दिइएको छ । यो टेक्नो फोन मेमोरी फ्युजन टेक्नोलोजीले सुसज्जित छ । यसको ३ जीबी र्याम मेमोरीमा ३ जीबी र्यामसम्म थप गर्न सकिन्छ । यो फोनमा ३२ जीबी आन्तरिक भण्डारण छ जसलाई २५६ जीबीसम्म विस्तार गर्न सकिन्छ ।

टेक्नो स्पार्क गो २०२३ ले फोटोग्राफीका लागि डुअल रियर क्यामेरा सपोर्ट गर्छ। फोनको ब्याक प्यानलमा डुअल फ्ल्याससहितको एफ/१.८५ एपर्चर भएको १३ मेगापिक्सेलको प्राइमरी सेन्सर दिइएको छ, जसले सेकेन्डरी एआई सेन्सरसँग मिलेर काम गर्छ। यो स्मार्टफोनले सेल्फी र भिडियो कलिंगको लागि एफ /२.० एपर्चरका साथ ५ मेगापिक्सेल एआई फ्रन्ट क्यामेरालाई समर्थन गर्दछ ।

यो फोनको सुरक्षाका लागि फोनको पछाडिको प्यानलमा फिंगरप्रिन्ट सेन्सर दिइएको छ । पावर ब्याकअपमा यो फोनको १० वाटको फास्ट चार्जिङ टेक्नोलोजीले ५००० एमएएच ब्याट्रीलाई समर्थन गर्दछ । यो टेक्नो फोन आइपिएक्स २ रेटिङका साथ आउँछ जसले यसलाई पानीबाट सुरक्षित राख्छ ।

प्रतिक्रिया