बुधबार, वैशाख १२, २०८१

फागुन ११ गतेबाट केपी ओली कप फुटबल च्याम्पियनसिप हुने

नेपालखोज २०७९ माघ १३ गते १५:३२

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप फागुन ११ गतेबाट सुरु हुने भएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको आयोजनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुने टोलीले १० लाख तथा दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको विजेताले २५ हजार तथा हरेक खेलका उत्कृष्ट खेलाडीले १५ हजार प्राप्त गर्दा उदीयमान खेलाडीले ५० हजार प्राप्त गर्ने आयोजक युवा संघले जनाएको छ ।

‘केपी ओली कपको नाममा एउटा लेगेसी ट्रासफर्म हुन्छ । यो दीर्घकालीन जान्छ । यो सुरुवातमात्र हो,’ संघका अध्यक्ष किरण पौडेलले भने, ‘प्रतियोगिताका लागि ठोस रुपमा प्रायोजन आजको दिनसम्म छैन । मूलभूत रुपमा संगठनका साथीहरु विभिन्न पेसा, व्यवसायमा हुनुहुन्छ । ठूलो रेस्टुराँको सञ्जालदेखि धेरै कर्मचारी भएका संस्थाहरुसम्म हाम्रै साथीहरुका छन् । यो हुनाले सबै साथीहरुबाट सहयोग मिल्नेछ ।’टिम र खेलतालिकाबारे अर्को पत्रकार सम्मेलन गरेर जानकारी दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया