क्यानको बन्द प्रशिक्षणमा अटाएनन् सन्दीप लामिछाने
नेपालखोज
२०७९ माघ १३ गते १७:०८

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
तर नाकबालिग बलात्कारको अभियोगमा जेल परेर धरौटीमा रिहा भएका पूर्व कप्तान सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन ।
उनी उच्च अदालतले पाटनले हालै मात्र दिएको आदेशबमोजिम २० लाख धरौटीमा हिरा भएका थिए । उनको मुद्दा अन्तिम टुंगो लाग्नेबारे अनिश्चितता रहेकै बेला क्यानले बन्द प्रशिक्षण चलाउने भएको हो ।
सम्बन्धित
प्रतिक्रिया