बिहीबार, वैशाख १३, २०८१

रास्वपा महामन्त्रीले भने, ‘फैसलाको अध्ययन पछि आवश्यक निर्णय लिन्छौ’

नेपालखोज २०७९ माघ १३ गते १८:४९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको पद खारेज हुने फैसला सर्वोच्चले सुनाएपछि अब रास्वपाले के गर्ला ? सर्वत्र चासोका विषय बनेको छ ।

यस विषयमा महामन्त्री मुकुल ढकाललाई सम्पर्क गर्दा सर्वोच्चको फैसलाबारे अध्ययन गरिरहेको बताएका छन् । रास्वपाका महामन्त्री ढकालले भने, फैसला अध्ययन पछि आवश्यक निर्णय लिन्छौ ।’

ढकालले लामिछानेलाई पुनः पार्टी सभापति बनाउने कुरामा कुनै विवाद नरहेपनि प्रक्रिया बुझेर निर्णय लिने बताए । फैसलापछिको अवस्थाबारे भने अनौपचारिक छलफलमा आफूहरु रहेको ढकालले बताए । ‘छिट्टै औपचारिक बैठक बसेर निर्णय लिन्छौ ।’ ढकालले भने ।

प्रतिक्रिया