बिहीबार, वैशाख १३, २०८१

रास्वपाको पूर्वनिर्धारित कार्यक्रम स्थगीत

नेपालखोज २०७९ माघ १३ गते २०:२९

काठमाण्डौं । पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछानेको नागरिकताको विषयले सांसद र उपप्रधान तथा गृहमन्त्रीको पद र राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष रहनबाट समेत बञ्चित भएपछि संगठन विस्तारको पूर्वनिर्धारित कार्यक्रम स्थगीत गरेको छ ।

सर्बोच्च अदालतले रविको नागरिक अबैद्य भएकोले तीन वटै पद खारेज हुने फैसला सुनाएपछि आन्तरिक छलफलमा जुटेको रास्वपाले माघ १४ देखि सबै प्रदेशमा शुरु हुने भनिएको बैठक र संगठन विस्तारको काम तत्कालको लागि स्थगीत गरिएको महामन्त्री डा. मुकुल ढकालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको निर्णय बमोजिम मिति २०७९।१०।१४ देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू विशेष परिस्थितिका कारण अर्काे सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ ।’

प्रतिक्रिया