शुक्रबार, वैशाख ७, २०८१

भारतद्वारा १७ पाकिस्तानी बन्दीलाई रिहा

नेपालखोज २०७९ माघ १३ गते २१:२८

काठमाडाैं । भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले यसबारे पुष्टि गरेको छ।

उनीहरूलाई अटारी-वाघा सीमानाबाट रिहा गरिएको थियो । सो सीमाना भारतको उत्तरी राज्य पञ्जाबको छेउ अवस्थित छ ।’ हाम्रा प्रयासहरू भारतबाट सबै पाकिस्तानी कैदीहरूलाई उनीहरूको सजाय पूरा भएपछि स्वदेश फिर्ता गर्न जारी रहनेछ,’ पाकिस्तानी उच्चायोगले ट्वीटमा उल्लेख गरेको छ।

प्रतिक्रिया