मंगलबार, वैशाख ११, २०८१

जस्ले छोटो अवधिमा मिलेको सफलता गुमाए

नेपालखोज २०७९ माघ १३ गते २१:४३

काठमाण्डौं । राजनीतिमा होमिएको ६ महिना भित्र सरकारको उपप्रधान तथा गृहमन्त्री बन्न सफल रवि लामिछाने सम्पूर्ण पद गुमाएर शुन्यमा झरेका छन् । ग्यालेक्सी टेलिभिजनमा सिधा कुरा विथ रवि लामिछाने चलाउदै गरेका उनले राजनीतिमा होमिने सोचले असार १, २०७९ मा टेलिभिजन छाडे ।

असार ७ गते नै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर विधिवत रुपमा राजनीतिमा होमिएका रविले छोटो अवधिमा ऐतिहासिक सफलता हात पारे । मंसिर ४ घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं २ बाट असोज २३ मा उम्मेदवारी दिए ।

लोकप्रिय मत पाएर मंसिर ८ मा सांसदमा निर्वाचित बनेका रवि पुस ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा चुनिए । त्यसको ७ दिनपछि पुस ११ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बने ।

सरकारमा सहभागी बनेको ३२ दिनको दिन रविको नागरिक सम्बन्धी मुद्धामा फैसला गर्दै सर्बोच्च अदालतले नागरिकता अबैद्य ठहर ग¥यो । सोही फैसलाले गर्दा उनको सांसद, उपप्रधान तथा गृहमन्त्रीका साथै पार्टीको अध्यक्ष पद गयो । उनी फेरि दल घोषणापूर्वकै अवस्थामा पुगेका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको थियो ।

छोटो अवधिमा अभूतपूर्व सफलता हात पारेका उनले अब के गर्लान् भन्ने आम चासो छ । अदालतको फैसलापछि प्रतिक्रिया दिदै उनले भनेका छन्, ‘म अनागरिक सँग के प्रश्न गर्नुहुन्छ ?’ यद्यपी, आगामी यात्रा कसरी अघि बढाउलान् ? त्यो हेर्न पाइएला ।

यद्यपी, उनी निर्वाचित भएको क्षेत्रमा उपनिर्वाचन हुनेछ । नयाँ नागरिकता लिएर उपनिर्वाचनमा उम्मेदवार बन्न र जित हासिल गर्न सक्ने संभावना जीवित देखिन्छ ।

प्रतिक्रिया