बिहीबार, वैशाख ६, २०८१

रविको पद जाँदा लोकल भाले काटेका माननीय

नेपालखोज २०७९ माघ १४ गते ११:२०

काठमाण्डौं । रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्वामा दोषी ठहर गर्दै सर्वोच्चले उपप्रधान तथा गृहमन्त्री र रास्वपा पार्टीको सभापति पदमा रहन नसक्नेगरि फैसला गरेपछि खोटाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राम कुमार राई ‘पासा’ले गैर जिम्मेवार अभिव्यक्ति दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘सर्बोच्चको निर्णयपछि लोकल भाले काटेर पो खाइयो ।’ यो स्टाटसको स्कृनसट सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले हटाएका छन् ।

माओवादी नेता तथा पूर्व प्रदेश मन्त्री समेत रहेका सांसद राईले यसअघि एमसिसि पास हुँदा पनि उत्तेजित अभिव्यक्ति दिएका थिए । उनी गएको निर्वाचनमा कांग्रेसको मत लिएर संघीय सांसदमा निर्वाचित बनेका थिए ।

प्रतिक्रिया