शुक्रबार, चैत १६, २०८०

अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु

नेपालखोज २०७९ माघ १४ गते ११:३७

भारत । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा आज बिहान करिब २ बजे आगो सल्केको थियो ।

आगो अस्पतालको दोस्रो तलामा फैलिएको थियो । आगोमा परेर अस्पतालतका सञ्चालक डाक्टर, उनकी श्रीमती, एक जना कामदार र दुई जना आफन्तको मृत्यु भएको छ ।

अस्पताल धुँवाले भरिएको र अक्सिजनको अभावमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीको कारण नखुलेको तथा त्यसको अनुसन्धान भइरहेको धनवादका प्रहरी वरिष्ठ उपरीक्षक अरबिन्दकुमार बिनाले बताएका छन् ।

प्रतिक्रिया