शुक्रबार, चैत १६, २०८०

पत्रकार ऋषि धमलाकी धर्मपत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

नेपालखोज २०७९ माघ १४ गते १६:२३

काठमाडाैं । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । भैरहवामा एक कार्यक्रमको आयोजना गरी गौतमलाई अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पार्टी प्रवेश गराएकी हुन् ।

गौतमलाई शनिबार ‘आज’ पार्टी प्रवेश गराइएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए । उनले भने, ‘गौतमलाई आज अध्यक्षले पार्टी प्रवेश गराएकी हुन । जिम्मेवारी कुनै दिएको छैन । केही दिनमा पार्टी बैठक बसी उहाँलाई जिम्मेवारी दिन्छौं ।’ गौतम पत्रकार ऋषि धमलाकी धर्मपत्नी हुन् ।

प्रतिक्रिया