शुक्रबार, वैशाख १४, २०८१

इरानमा ५.९ भूकम्प, तीन जनाको मृत्यु

नेपालखोज २०७९ माघ १५ गते ११:२१

काठमाडौं । इरान उत्तरपश्चिमी भागमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पमा परी ३ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् । जसका कारण त्यहाँका धेरै भवनमा क्षति पुगेको इरानको आधिकारिक मिडिया एजेन्सी इरनाले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार राति ९ बजेर ४४ मिनेटमा गएको यो भूकम्पको केन्द्र जमिनबाट सात किलोमिटर भित्र रहेको थियो ।

भूकम्पको केन्द्रबिन्दु उत्तरपश्चिम इरानको पश्चिम अजरबैजान प्रान्तको खोय सहर थियो । यो क्षेत्र टर्कीसँगको इरानको सीमा नजिक छ। -बीबीसी हिन्दी

प्रतिक्रिया