बिहीबार, वैशाख १३, २०८१

गृह मन्त्रालय नपाए रास्वपा सरकारबाट बाहिरिने

नेपालखोज २०७९ माघ १५ गते १९:१२

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीलेपुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ । गृह नपाए सरकारबाट बाहिरिनेमा बैठकमा सहभागी सबै एक मत भएको एक नेताले बताए ।

सर्वोच्च अदालतको आदेशबाट सांसद, पार्टी अध्यक्ष र गृहमन्त्री पल गुमाएका रबि लामिछानेले आजै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता प्राप्त गरेलगत्तै रास्वपाको केन्द्रीय समिति बैठक बसेको हो ।

बैठकले पुनस् आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको र गृह नपाए पार्टी सरकारबाट बाहिर आउने निर्णय भएको ती नेताले बताए । आजै बसेको बैठकले लामिछानेलाई पार्टी सभापतिको जिम्मेवारी दिएको उनले बताए ।

सर्वोच्चको आदेशबाट अध्यक्ष लामिछानेको सांसद गुमेपछि अहिले रास्वपासँग १९ सिट छन् । रास्वपा चौथो राष्ट्रिय दलको स्थानमा छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेतृत्वकाे सरकारमा रबि गृहमन्त्री थिए । सत्ता साझेदार दलहरूमा भने एमाले सबैभन्दा ठूलाे दल र रास्वपा तेस्राे दल बनेका छन् ।

प्रतिक्रिया