बुधबार, वैशाख १२, २०८१

रिद्धिसिद्धि सिमेन्टद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालखोज २०७९ माघ १५ गते १९:२९

काठमाडौं । नेपालमै पहिलो पटक अत्याधुनिक रोवोटिक प्रणालि प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहिबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको जानकारी दिएको छ ।

भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्ट लि. द्वारा आयोजित सो कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए । सोहि गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष प्रीतिलाल लामा विशिष्ट अतिथिकारुपमा उपस्थित थिए ।

प्रशासन् प्रमुख अच्युत पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं ३ का वडा सदस्य बुद्दीमान बज्यू, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानी प्रमुख गणेश कुमार सिंहको पनि उपस्थिति थियो ।

कम्पनी सबैको स्वास्थ्यप्रति सचेत रहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताएको छ । उक्त कार्यक्रम खड़क तुम्सिङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया