मंगलबार, वैशाख ११, २०८१

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ माघ १५ गते २१:२१

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार दोलखा जिल्लाको साविक भेडुप गा.वि.स वडा नं ८ परिवर्तित मेलुङ गा.वा वडा नं ४ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नै ९ बस्दै आएका ४७ बर्षिय भिम बहादुर तामाङलाई पक्राउ गरिएको हो ।

बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट २०७८ साउन एक गते नौं लाख ६० हजार रुपैयाँ बिगो तथा जरिवाना, तीन दिन कैद र ३८ हजार चार सय रुपैंयाँ जरिवाना भराउने फैसला भई फरार रहेका तामाङलाई शनिवार काठमाडौंको बौद्धबाट पक्राउ उक्त कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनको लागि आईतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रतिक्रिया