बुधबार, वैशाख १२, २०८१

प्रधानमन्त्रीद्वारा शहिदप्रति सम्मान अर्पण

नेपालखोज २०७९ माघ १६ गते ११:१८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहिद दिवसका अवसरमा आज लैनचौरस्थित शहिद स्मारकमा पुगेर सम्मान अर्पण गरे ।

आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहिद दिवस मनाइदैछ । सोही क्रममा प्रधानमन्त्री दाहालले स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान प्रकट गरे । शहिद दिवसका अवसरमा शान्ति वाटिकादेखि लैनचौरसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहिद को त्याग र बलिदानबाटै सम्भव रहेको बताएका थिए । यस्तै, प्रधानमन्त्रीले आजै गोकर्णस्थित जगडोलमा निर्माण गरिएको शहिदपार्कको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया