शुक्रबार, जेठ ४, २०८१

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ बिच सम्झौंता

नेपालखोज २०७९ माघ १६ गते १३:५६

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबिच सम्झौंता भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको १ः०.८८४५१६८को अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यको दुई करोड ३४ लाख ६८ हजार कित्ता सेयरले हुने दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको कार्यालय पुतलीसडक, काठमाडौंमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

प्रतिक्रिया