शुक्रबार, जेठ ४, २०८१

सनराईज बैंकद्धारा तीन शाखा रहित सेवा सुरु

नेपालखोज २०७९ माघ १६ गते १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडले तीन शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकको अनुसार रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका ३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की-चुहा नगरपालिका ६, गुलरा र कावासोती नगरपालिका १, हिमाल चोक, नवलपरासी मा शाखारहित बैंकिङ्ग सेवा थप गरिएको हो ।

शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा लिन सकिने बैंकले जनाएको छ ।

बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया