शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रपति निर्वाचन : आयुक्तकै फरक मत 

नेपालखोज २०७९ माघ १६ गते २०:५४

काठमाडाैं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिबारे आयुक्त ईश्वरीप्रसाद पौड्यालले फरक मत राखेका छन् ।

राष्ट्रपतिको कार्यकाल सकिनु एक महिनाअगाडि निर्वाचन गरिसक्नुपर्ने निर्वाचन ऐन पालना नभएको भन्दै उनले फरक मत राखेका हुन् ।

सोमबार बसेको आयुक्तहरुको बैठकले बहुमतका आधारमा फागुन २५ गते राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको थियाे ।

प्रतिक्रिया