मंगलबार, वैशाख ११, २०८१

ओप्पोको रेनो ८ टी

नेपालखोज २०७९ माघ १७ गते १०:५४

ओप्पोले ओप्पो रेनो ८ टी लाई विश्वव्यापी बजारमा लन्च गर्ने तयारी गरेको छ र यो मोबाइल फोन छिट्टै नेपालमा समेत उपलब्ध हुनेछ। यो डिभाइस फोर् जी र फाईभ जी भेरियन्टमा उत्पादन हुने बताइएको छ र यसको अन्तर्राष्ट्रिय बजार मूल्य लगभग ४५ हजार हुने अनुमान छ। यो डिभाइसमा ६.६७ इन्चको डिस्प्ले, १०८ एमपी ट्रिपल क्यामेरा सेटअप , ६७ वाट फास्ट चार्जिङका साथ ५,००० एमएएच ब्याट्री र एन्ड्रोइड १३ हुनेछ ।


पहिलेको रिपोर्ट अनुसार, ओप्पो रेनो ८ टी फिलिपिन्समा फेब्रुअरी ८ मा विश्वव्यापी रूपमा अनावरण हुने अपेक्षा गरिएको छ । यसको फोर जी संस्करण MediaTek Helio जी ९९ प्रोसेसरद्वारा संचालित हुने अपेक्षा गरिएको छ, जबकि फाइभ जी संस्करणले Qualcomm Snapdragon 695 5G SoC बाट शक्ति प्राप्त गर्ने छ। यो फोन ८ जीबी र्याम तथा २५६ जीबी आन्तरिक भण्डारणसँग जोडिनेछ ।

ओप्पो रेनो ८ टी ले १०८ एमपिको प्राथमिक क्यामेरा तथा डुअल २ एमपिको सेन्सर पाउनेछ । यसमा ३२ एमपीको फ्रन्ट क्यामेरा पनि हुनेछ। यो फोन एन्ड्रोइड १३ आउट-अफ-द-बक्समा संचालित हुनेछ।

प्रतिक्रिया