बुधबार, वैशाख ५, २०८१

आर्थिक संकट समाधानका लागि समाजवादीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालखोज २०७९ माघ १७ गते ११:०१

काठमाडौं । देशकाे आर्थिक संकट समाधानका लागि समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगायतको शीर्ष नेतृत्व पुगेर ज्ञापनपत्र बुझाएको हो।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण गराएको छ । दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ ।

प्रतिक्रिया