बुधबार, वैशाख १९, २०८१

‘गृहमन्त्री पद कसलाई दिनेमा प्रधानमन्त्री अझै अलमलमा हुनुहुन्छ’

नेपालखोज २०७९ माघ १७ गते ११:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) गृहमन्त्री पद दिन अलमलमा परि रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ ।

प्रधानमन्त्री दाहालसँग सभापति रवि लामिछानेले दुई पटक भेट्दा पनि प्रगति नभएको पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री प्राप्त गर्ने निर्णय प्रधानमन्त्रीले गरेपछि मात्रै आफ्नो दलमा कसलाई पठाउने भनेर छलफल हुने प्रवक्ता ढकालले बताए ।

‘गृहमन्त्री रास्वपाले पाइसकेको विषय हो । गृहमन्त्रीको नाम पठाउनुस् भनिसकेको स्थिति पनि छैन,’ ढकालले भने, ‘प्रधानमन्त्रीले हामीलाई गृहमन्त्री दिने भनेपछि व्यक्ति निर्णय गर्छौं ।’

गृहमन्त्री आफ्नो दलले प्राप्त गर्ने प्रधानमन्त्रीले निर्णय लिएपछि मात्रै सांसद वा गैरसांसद कसलाई पठाउने पार्टीभित्र छलफल गरिने ढकालले बताए । आज नै पुनः प्रधानमन्त्रीसँग छलफल हुनसक्ने उनले बताए ।

प्रतिक्रिया